Section 5
सूचना दिनु पर्ने
(१) यो ऐन प्रारम्भ हुँदाका बखत अनुसूचीमा उल्लिखित जोखिमपूर्ण व्यवसाय वा कार्य सञ्चालन गरिरहेका व्यवस्थापकले यो ऐन प्रारम्भ भएको मितिले तीस दिनभित्र श्रम कार्यालयलाई देहायका विवरणहरु खुलाई लिखित सूचना दिनु पर्नेछः–
(क) प्रतिष्ठानको नाम र ठेगाना,
(ख) व्यवस्थापकको नाम र ठेगाना,
(ग) प्रतिष्ठानद्वारा सञ्चालित व्यवसाय वा कार्यको प्रकृति, र
(घ) तोकिए बमोजिमका अन्य विवरणहरु ।
(२) यो ऐन प्रारम्भ भएपछि अनुसूचीमा उल्लिखित जोखिमपूर्ण व्यवसाय वा कार्य
सञ्चालन गर्ने व्यवस्थापकले त्यस्तो व्यवसाय वा कार्य सञ्चालन गरेको मितिले पन्ध्र
दिनभित्र श्रम कार्यालयलाई उपदफा (१) बमोजिम सूचना दिनु पर्नेछ ।